काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले मूल्यवृद्धि र महँगीप्रति सरकार संवेदनहीन भएको आरोप लगाए ।

नेता ज्ञवालीले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको तर न्यूनतम ज्याला नबढेको भन्दै भने, ‘सर्वसाधारण कसरी बाँचिरहेका छन्, त्यसमा सरकारको ध्यान छैन ।’
उनले यसबारे बहस गर्नुपर्ने बेलामा एम अधिकारी को हो भनेर विषयान्तर गर्न खोजेको बताए । मध्यम वर्गलाई समेत आच्छुआच्छु भएको भन्दै उनले सरकारको संवेदनहीनताले आहत पु¥याएको बताए । संसदले रुलिङ गर्दासमेत किसानले मल नपाएको, विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको उनको भनाइ छ ।
‘अहिले पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन नसक्ने ? योभन्दा नालायकी के हुनसक्छ’ उनले सरकारमाथि प्रश्न गरे, ‘अहिले पनि किसानलाई मल उपलब्ध गराउन नसक्ने ? यो भन्दा गैरजिम्मेवार के हुनसक्छ । गरिबीको रेखामुनि परेका जनतालाई राहत दिन नसक्ने हो भने सरकार हुनु र नहुनुको के अर्थ रहन्छ ?’











