Logo
Logo

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङ गर्न माओवादीको माग


1.8k
Shares

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपी सम्झौता खारेज गरेको पत्र अमेरिकालाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न माग गरेको हो ।

उनले भने, ‘एसपीपी खारेजीसम्बन्धी मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा अहिलेसम्म परराष्ट्र मन्त्रालयले पत्रचार नगरेकोमा र थप छलफल गरेर मात्र अघि बढाउने परराष्ट्र मन्त्रालयले भनेकोमा मन्त्रिपरिषद्को निर्णय विपरीत भयो, त्यसैले एसपीपीलाई अस्वीकार गर्ने पत्रलाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न सभामुखसँग माग गर्दछु ।’

उनले नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको समेत बताए । गुरुङले भने, ‘जसरी भएपनि नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।’

परराष्ट्रले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बुधबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त पत्र पठाउनेबारे छलफल भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्