Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

जनार्दनको बयानदेखि लिम्बुवान-किरात प्रदेशको मागसम्म


819
Shares

१. संसदीय विशेष समितिले लियो बजेट निर्माणमा क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको आरोपल लागेका जनार्दन शर्माको बयान, बजेट बनाउने क्रममा बाहिरी मान्छे नआएको दाबी, सिसीटीभी फुटेजबारे आफूलाई जानकारी नभएको भनाइ, समितिको कार्यावधि सात दिन थप ।


२. नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, माओवादी केन्द्रमा फर्कन प्रचण्डको आग्रह, माओवादी, नेकपा एकीकृत समाजवादी र बाबुराम पक्षीय जसपाबीच एकता गर्न प्रस्ताव, बाबुराम सकरात्मक, समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढ्नुपर्ने भनाइ ।


३. नेकपा एकीकृत साजवादीको जनप्रतिनिधिको भेला १६ बुँदे घोषणा जारी गर्दै सकियो, सादा जीवन, उच्च विचारका साथ जनपक्षीय शैलीमा जनताको सेवा गर्ने प्रतिबद्धता, भ्रष्टाचार, ढिलासुस्ती, अनियमिततालाई समाप्त पार्न संघर्ष गर्ने, कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउने बचन, स्थानीय उत्पादनलाई प्रोत्साहित र स्वदेशमै रोजगारी सिर्जनाको प्रयास गर्ने ।


४. प्रदेश १ को नाम पहिचानको आधारमा राख्न माग गर्दै प्रर्दशन, लिम्बुवान–किरात प्रदेश घोषणा गर्न माग गर्दै मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र, पहिचानकै आधारमा नामकरण गर्ने मुख्यमन्त्रीको अडान, पहिचानका आधारमा नाम राख्दा सबै शान्त र खुसी हुने भनाइ, मुख्यमन्त्रीको पद गएपनि पहिचानको पक्षमा उभिन नछाड्ने प्रतिबद्धता ।


५. अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सभामुख अग्निप्रसाद सापकोटाको ध्यानकर्षण, मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिनरुलिङ, एसपीपीबारे झलनाथ खनाल, देव गुरुङ र भीम रावलले माग्यो सरकारको धारणा ।


६. गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठनद्वारा प्रर्दशन, नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी अनेरास्ववियूको जिकिर ।


७. सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी गाडीको चाबी नखोस्न गृह मन्त्रालयको निर्देशन, झण्डावाल, सुरक्षा निकायले प्रयोग गर्ने गाडी र एम्बुलेन्सलाई विदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने, अन्य सरकारी सेवाका गाडी विदाको दिन चलाउनु परे अनिवार्य सवारी पास लिनुपर्ने ।


८. राष्ट्र बैंकको एकीकृत निर्देशन संशोधन, अब बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको तीन साताभित्रै चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने, अरु पहिलो, दोस्रो र तेस्रो त्रैमासको प्रतिवेदन ७ दिनभित्र प्रकाशित गर्नुपर्ने पुरानो व्यवस्था भने यथावत, सेयर बजारको परिसूचक नेप्से ५.८७ अंकले घटेर २०४४ अंकमा कायम, १ अर्ब ६४ करोडको कारोबार ।


९. श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले लिए सपथ, सिंगापुरद्वारा श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान, स्पेनमा तातो हावाका कारण १० दिनमा पाँच सय जनाको मृत्यु, सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु, सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धीमाथि सोधपुछ ।


१०. अखिल नेपाल फुटबल संघको कार्यसमितिको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित, पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्नुपर्ने गणेश थापा पक्षको अडान, एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग, विधान विपरीत श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको आरोप ।

प्रतिक्रिया दिनुहोस्