काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकै दिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं १ बस्ने शेष अनसारुल हकको मृत्यु दाबीवापतको रकम उनको इच्छाइएको व्यक्ति निजकी श्रीमती समसा खातुनलाई मृत्यु दाबीवापत रु १३ लाखको चेक हस्तान्तरण गरेका छन् ।

साथै तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं २ बस्ने वर्ष ३५ का हेमराज लिम्बूको मृत्यु दाबीवापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बूलाई रु १३ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालले बीमा समितिले आव २०७८÷७९ लाई बीमा दाबी भुक्तानी वर्ष घोषित गरेको र सोहीअनुरुप कम्पनीले आव २०७८÷७९ मा दर्ता भएका सम्पूर्ण मृत्यु दाबी फछ्र्यौट गरी मृत्यु दाबी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । साथै यस आवमा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।












