विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आज सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने बताइएको छ । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । तर, अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा कुनै टंगो लागेको छैन । सत्तारुढ दलहरूको नै आ–आफ्नै अडान छन् ।
नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।











