Logo
Logo

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

बिहिबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार १६५ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्