Logo
Logo

हेलिकोप्टर कुर्दाकुर्दै मिङ्मा छेन्जोमको मृत्यु


3.3k
Shares

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ का २१ वर्षीया मिङ्मा छेन्जोम लामाको मृत्यु भएको छ । बिहीबारदेखि बिरामी भएका उनी उपचारका लागि हेलिकोप्टर कुर्दाकुर्दै शुक्रबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको प्रहरीले जनाइएको छ ।

हिजो बेलुकीदेखि मुटु दुख्यो भनेर उनी छटपटाइरहेको र उपचारका लागि उनलाई हेलिकोप्टरबाट उद्धार गर्न बिहानदेखि लाग्यौं तर हेलिकप्टर नउड्दै उनको मृत्यु भएको एक स्थानीयले जानकारी दिए

जिल्ला प्रशासन कार्यालय गोरखाले बिहान ८ बजेतिरै हेलिकोप्टर उडान अनुमति दिए पनि मन्त्रालयहरूबाट अनुमति पाउन ढिलाइ भएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्