Logo
Logo

अभिनेता सलमान खानमाथि सुरक्षा थ्रेट



एजेन्सी । अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् ।

गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै अभिनेता खानले आत्म-सुरक्षाको लागि हतियार लाइसेन्सका लागि आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ ।

मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर अभिनेता खानले आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्म सुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् ।

गत मे २९ मा पन्जाबको मानसा जिल्लामा पञ्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या भएपछि ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आएको थियो । सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेड नजिकै भेटेको थियो जहाँबाट उनीे नियमित बिहानको दौडमा निस्कने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्