Logo
Logo

प्रतितोला ५ सय रुपैँयाले बढ्यो सुनको भाउ


882
Shares

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनकाे भाउ आज ५ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्