Logo
Logo

‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने



काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ ।

नेपाली चलचित्रको इतिहासमा एकसाथ यतिधेरै मुलुकमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको सम्भवतः यो पहिलो पकट हो ।
अब ‘प्रेमगन्ज’ सार्वजनिक रुपमै बिदेशी चलचित्रसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा पर्दर्शन हुने निर्माणपक्षले जनाएको छ ।

चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित लोका फिल्म इन्टरटेनमेन्टले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो ।

‘अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ’ निर्देशक परिच्छेद सेनले भने, ‘यसले गर्दा भबिस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने छ ।’

यो चलचित्र इन्डिया रिलिज पनि पीभीआर कम्पनीले बितरण गर्ने भएको छ । निर्देशक सेन भन्छन्, ‘हामी नयाँ फिल्म मेकर भएर पनि उहाँहरुले हाम्रो फिल्म प्रती चासो देखाइरहनु भएको छ, हामीलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ । हामी अहिले यतिमै खुसी छौ । हेरौँ कहाँ कहाँ प्रदर्शन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्