Logo
Logo

अभियान लघुवित्तले साउन १८ गते आइपिओ जारी गर्दै


378
Shares

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी (२५ लाख कित्ता)को ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी नौ लाख १३ हजार ७५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आइपिओका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्