
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपिओका लागि १२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।











