Logo
Logo

मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको सानदार जित


1.1k
Shares

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जीत निकालेको छ ।
सोमबार भएको खेलमा पीएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गरको हो ।

पीएसजीलाई फराकिलो जीत दिलाउन नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक–एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे ।

यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्