
बाँके । नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा १ दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।
२५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको १ वर्षअघि मात्रै विवाह भएको थियो ।
घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए ।











