Logo
Logo

उपत्यकामा एकैदिन २३ सय ९७ सवारी चालक कारवाहीमा



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् ।

यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्