
मुगु । छायानाथ रारा नगरपालिका(१४ बाम गाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ ।
वरिष्ठ प्रहरी हवल्दार बखतबहादुर बस्नेतको कमाण्डमा पाँच जना प्रहरीसहितको चौकी स्थापना भएको हो । लामो समयको मागपछि चौकी स्थापना भएकोमा स्थानीय खुशी भएका छन् ।
मुगु-हुम्ला लिंक रोड जोड्ने ग्रामिण पुहँच कार्यक्रम र्याप ३ को भवनमै प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।











