Logo
Logo

टेलिकमबाट कसरी थाहा पाउने एसइईको नतिजा ?


819
Shares

काठमाडौं । २०७८ सालको एसइई परीक्षाको परीक्षाफल नेपाल टेलिकमको विभिन्न माध्यमबाट थाहा पाउन सकिने भएको छ।

सो परीक्षाको परीक्षाफल कल गरेर आइभिआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था टेलिकमले गरेको छ ।

कल गरेर नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सिडिएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरी नतिजा थाहा पाउन सकिने छ।

एसएमएस गरेर थाहा पाउनको लागि मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसइई लेखेर स्पेस छोडी अल्फाबेट सहितको सिम्बल नम्बर एसइई <स्पेस˃ ˂अल्फाबेट सहितको सिम्बल नम्बर˃ टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुने कम्पनीले बताएको छ।

वेबसाइटबाट नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र रहेको र प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्