Logo
Logo

जंगली च्याउ खाँदा बैतडीमा ५ जना बिरामी



प्रतिकात्मक तस्वीर

बैतडी । विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा एकैघरका ५ जना बिरामी परेका छन् ।

मेलौली नगरपालिका–५ खलीगाडका १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनिया जोशी र ४ वर्षीया दिव्या जोशी बिरामी परेका हुन् ।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ सबैले खाएका थिए ।

केहीबेरमै बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्