Logo
Logo

दाङमा ज्वरोका बिरामी बढे, निजी विद्यालय बन्द



दाङ । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठन प्रभावित बनेको छ ।

विद्यालय सञ्चालनमा समस्या भएपछि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गरिएको छ । तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् ।

दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।

ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उनले सुनाए । तुलसीपुरस्थित ग्रेट अरनिको माविका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामी परेरै दैनिक ४–५ विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेको तुलसीपुर जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्