Logo
Logo

यस कारण टाइगर श्राप र दिशा पटानीबीच ‘ब्रेकअप’



काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप भएको छ ।

भारतीय मिडियाका अनुसार अभिनेता टाइगर र दिशा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, अहिले अलग भएका छन् । हिन्दुस्तान टाइम्सले उल्लेख गरेअनुसार पछिल्लो एक वर्षदेखि उनीहरूको सम्बन्धमा उतारचढाव आएको थियो ।

टाइगर र दिशाले आफ्नो सम्बन्धको आधिकारिक रूपमा कहिल्यै स्वीकार गरेनन् । तर, दुबैबीच प्रेममा थिए । उनीहरूको के कारणले ब्रेकअप भयो भन्ने केही खुलेको छैन । उनीहरू निकट स्रोतका अनुसार केही असमझदारीले एकआपसको सम्बन्धबाट बाहिरिने निर्णय लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्