Logo
Logo

देविकाको तीज गीतमा प्रिति आलेको ठुम्का (भिडियोसहित)



काठमाडौं । गायिका देविका केसीले यसपालिको तीजलाई लक्षित गर्दै ‘नाइँ बाबा नाइँ’ बोलको गीत ल्याएकी छन् ।

शिव हमालको शब्द तथा संगीत रहेको यस तीज गीतको भिडियोमा गायिका समेत रहेकी प्रिति आले फिचरिङ छिन् । यस भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । कोरियोग्राफी पनि स्मृतिले गरेकी छन् ।

यस गीतको भिडियोलाई गायिका केसीले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । अघिल्ला आफ्ना गीतहरु जस्तै ‘नाइँ बाबा नाइँ’ तीज गीतलाई पनि दर्शक तथा श्रोताले रुचाइदिनेमा देविका विश्वस्त र आशावादी छिन् ।

प्रतिक्रिया दिनुहोस्