Logo
Logo

४४ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा


1.1k
Shares

काठमाडौं । २०७८/७९ मा एभरेष्ट बैंकको नाफा साढे २ अर्ब नाघेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ४३.७७ प्रतिशतले हो । तरलता अभावबीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

जसले बैंकको सञ्चालन मुनाफासँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको हो । बैंकले २ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ७७ करोड ९ लाख नाफा कमाएको थियो ।

गत आवमा खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ७४ लाख पुगेको छ । यस्तै बैंकको कुल सञ्चाल आम्दानी ३२.८८ प्रतिशतले बढेर ७ अर्ब ५ करोड ५ लाख पुगेको छ ।

निक्षेपको तुलनामा कर्जा वृद्धि उच्च हुँदा ब्याज आम्दानी तुलनात्मक रुपमा बढ्न सहयोग पुगेको छ । यस्तै २०७७/७८ मा ३.२४ प्रतिशत रहेको बैंकको स्प्रेड रेट २०७८/७९ मा ४.०६ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

बैंकको आम्दानीमा भएको वृद्धिले गर्दा सम्भावित कर्जा जोखिमको लागि गरेको प्रोभिजन र कर्मचारी खर्चमा वृद्धि हुँदा पनि बैंकको नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन २६ करोड २४ लाख गरेकोमा गत आवमा ४६ करोड ३९ लाख जोखिम प्रोभिजन गरेको छ ।

यस्तै बैंकको कर्मचारी खर्च एक अर्ब ६१ करोड ११ लाखबाट बढेर उक अर्ब ९८ करोड दुई लाख पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको छ ।

अघिल्लो आवमा १९ रुपैयाँ ९१ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा २७ रुपैयाँ ०१ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५६ पैसाबाट बढेर २४० रुपैयाँ ७३ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्