Logo
Logo

जब दर्पणले सुजितालाई भगाए…! (भिडियोसहित)



काठमाडौं । गीतकार दर्पण राई र गायिका सुजिता योञ्जन अभिनीत ‘नमुना’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।

‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता चर्चित सिरियल गीतका गीतकार दर्पण र सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल’मार्फत गायिकाको परिचय बनाएकी सुजिताको यस भिडियोमा पहिलोपटक स्क्रिन शेयरका गरेका हुन्।

मोडल समेत रहेका दर्पण राईकै शब्दरचना रहेको गीतको भिडियोमा दर्पण र सुजिता एक प्रेमिल नमुना जोडीका रुपमा देखिएका छन् अर्थात उनीहरु आफूहरुको साँचो प्रेमलाई भागेर विवाहमा परिणत गर्छन् । यस गीतको भिडियोले चोखो प्रेम गर्नेहरुको उदाहरण दिएको छ ।

भिडियोमा सुजितालाई उनका घरपरिवारले विवाह गरिदिन खोज्दा आफ्नो प्रेमी दर्पणसँग भाग्छिन् । त्यसपछिको दृश्यले भिडियोमा कथानक रुप लिएको छ ।

यस गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको छ । अजय कार्कीको संगीत रहेको यस गीतको भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन् । यस भिडियोलाई बुधबार एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्