Logo
Logo

भदौं ४ गते काठमाडौंमा ‘खोटाङ सांगीतिक साँझ’ हुने



काठमाडौं । आउँदो भदौं ४ गते खोटाङ्गे कलाकारहरु एकै ठाउँमा गुञ्जिने भएका भएका छन् । त्यो अवसर खोटाङ कलाकार समाजले जुराउन लागेको हो ।

खोटाङ कलाकार समाजले ४ भदौमा ‘खोटाङ सांगीतिक साँझ–२०७९’ आयोजना गर्दैछ । समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना कार्यक्रमबारे जानकारी गराएको हो ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन हुने ‘खोटाङ सांगीतिक साँझ–२०७९’मा खोटाङका बरिष्ठदेखि कनिष्टसम्मका कलाकारहरुको प्रस्तुती रहने समाजका अध्यक्ष तथा गायक रुपकुमार राईले जानकारी गराए ।


उनका अनु्सार खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको हो । कार्यक्रममा राजेश पायल राई, सत्यकला राई, पार्वती राई, कला राई, अनिला राई, रेवत राईलगायत २० भन्दा चर्चित खोटाङे कलाकाहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

समाजका महासचिव लोकगायक धर्मराज पोखरेलले कार्यक्रममा अग्रजदेखि अनुजसम्मका कलाकारहरुलाई एकैठाउँमा उभ्याउने पनि सांगीतिक साँझको उद्देश्य रहेको बताए । उक्त कार्यक्रमलगत्तै समाजको अधिवेशन गर्ने योजना रहेको बताइएको छ ।
२०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजको १९ सदस्यीय तदर्थ समिति गठन भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष रुपकुमार राईका अलावा महेश खड्का, शशी गुरुङ, प्राज्ञ तथा संगीतकार शान्तिराम राई, प्राज्ञ सदस्य एवं गायिका सत्यकला राई, गायिका पार्वती राई, अनिला राईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्