Logo
Logo

मोडल हन्टमा ५२ प्रतिस्पर्धी भिड्दै



काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल–२०२२’का लागि ५२ प्रतियोगी छनोट भएका छन् ।

देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनाट भएको आयोजकले जनाएको छ । छनोट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ । प्रतियोगिताको यो सातौं संस्करण हो ।

यो पटक प्रतियोगितामा ‘जोय मोडल हन्ट नेपाल’को रुपमा आयोजना हुँदैछ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको यो प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल) रुबिस्का श्रेष्ठ (व्यावसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) मिष्टर नेपाल २इ२२का विजृता नुतन श्रेष्ठलगायत थिए ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिसहित नगद ५ लाख बराबरको उपहारसहित १ देखि १५ सेभटेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्