काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए । उक्त भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको छ ।














