
काठमाडौं । डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ ।
गएराति सम्पन्न प्रतियोगितामा लेइपजिंगलाई ५–३ गोल अन्तरले हराउँदै म्युनिखले उपाधि जितेको हो ।
बार्यनकाे जितमा जमल मुसिआला, साडियो माने, बेन्जामिन पभार्ड, सेग्री ग्नाब्री र लिरोय सानेले १/१ गोल गरे । आरबी लेइपजिंगका लागि मार्सल हालसटेनबर्ग, क्रिस्टोफर कुनकु र डानी ओल्मोले गोल फर्काए ।
योसँगै बायर्नले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जित्ने रेकर्ड पनि बनाएको छ ।
बायर्नले पछिल्लो तीन सिजन लगातार यो उपाधि जितेको छ ।











