Logo
Logo

‘तीज रमझमी’मा अशुको छमछमी



काठमाडौ । नेपाली महिलाहरुको विशेष पर्व तीज नजिकिँदै जाँदा त्यससम्बन्धी गीतहरु पनि धमाधम सार्वजनिक गरिन थालेको छ ।

यस्तै, गायिका अन्नु चौधरीले पनि यसपालिको तीजलाई लक्षित गरेर गीत ल्याएकी छन् । अन्नुले ‘तीजको रमझमी’ बोलको गीत ल्याएकी हुन् ।

गायिका अन्नुको स्वर रहेको उक्त तीज गीतमा मोडल अशु न्यौपानेले छमछमी नाचेकी छन् । तारा प्रकाश लिम्बुको संगीत तथा डिपी खनालको शब्द रहेको उक्त गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् ।

प्यासिफिक प्रोडक्सनले निर्माण गरेको ‘तीजको रमझमी’बोलको गीत प्यासिफिक प्रोडक्सनस् युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ । शान थापाले निर्देशन गरेको उक्त तीज गीतको भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी र राजिव समरले कोरियोग्राफी तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्