Logo

प्रदेश–१ मा बढ्यो कोरोना संक्रमण



विराटनगर । प्रदेश नम्बर–१ मा कोरोना संक्रमितको संख्या बढेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उत्परिवर्तित ओमिक्रोनको नयाँ प्रजातिका कारण प्रदेशमा संक्रमितको संख्या दैनिक रूपमा बढ्दो छ । खासगरी सहरी क्षेत्रमा संक्रमितको संख्या धेरै छ ।

प्रदेशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ९ छ । तीमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ । एचडीयू बेडमा ८ र आईसीयूमा २ संक्रमित उपचाररत छन् ।

उनीहरूको विराटनगरस्थित कोसी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रदेशभर कोरोना संक्रमितको उपचार गर्न २१ अस्पताल तथा स्वास्थ्य केन्द्रमा १ हजार ९६ बेडको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्