Logo
Logo

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर



खोटाङ । खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रजिअ सेडाईले जानककारी दिए ।

भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्