Logo
Logo

एसपीको सरुवा, सुनसरीमा ढकाल, इलाममा घिमिरे


63k
Shares


काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ एसपीको काज सरुवा गरेको छ । सरुवामा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।


सरुवाअनुसार सुनसरीमा प्रभु ढकाललाई पठाइएको छ । त्यस्तै, उदयपुरमा ज्ञानेन्द्र फुयाल, इलामम दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितको सरुवा भएको छ । यसअघि घिमिरेको डोटी सरुवा भएकोमा त्यहाँ जान अस्वीकार गरेपछि उनलाई इलाम पठाइएको छ ।


नियमित सरुवा निकाल्न नसकेपछि प्रहरी प्रधान कार्यालयले यसरी थोरै थोरै गरेर काज सरुवा निकालेको हो । एक वर्ष अवधि पुगेको बाँके लगायत जिल्लामा सरुवा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्