काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै १० वर्ष पूरा गरेको छ ।

आफ्नो १० वर्षे कार्यकालमा एस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । एस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा कार्यरत रहेको छ ।
क्याप्टिल, योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फण्ड’अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाई धनीहरुलाई रकमसमेत फिर्ता गरिसकेको जनाएको छ ।
साथै नयाँ बन्दमुखी योजना ‘एनआईविएल ग्रोथ फण्ड’ नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
कम्पनीले हालसम्म ७०० भन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवासमेत प्रदान गर्दै आइरहेको छ ।












