Logo

‘एकसेएक रनवे-२०२२’ १८ जना सुन्दरी भिड्दै



इटहरी । इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक ‘एकसेएकरनवे–२०२२’ आयोजना हुन् भएको छ ।
सेन्ट्रल फेसन हब उर्लाबारी र शाहरा इन्टरटेन्मेन्ट धरानको संयुक्त आयोजनामा भएको यो फेसन शो अन्य फेसन शोभन्दा फरक रहेको आयोजकले जनाएको छ ।

फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको र यसको मुख्य कार्यक्रममा विभिन्न प्रकारका विषयगत घटनाहरू समावेश हुनेछन् । जसको लागि प्रतिष्पर्धीलाई निश्चित समय दिइनेछ, सो अवधिमा दिइएको कार्य पूरा गर्नुपर्ने आयोजकमध्येका एक जीवन चिमोरियाले बताए ।

यस्तै प्रतिष्पर्धीले गर्ने सो कार्यहरुमा ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुटमार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइने उनको भनाइ छ ।

यो कार्यहरुको सुरुवात ‘रिफ्रेसमेन्ट थिम’अन्तर्गत स्विमिङ पुल र सोको आसपासमा र ‘ग्ल्यामर थिम’अन्तर्गत इन्डोर शुट गरि दुई चरणमा निश्चित समय निर्धारण गरेर प्रतिष्पर्धी मोडलहरुलाई कार्य तथा फोटोसुट सम्पन्न भएको अर्का आयोजक सौगात रिजालले जानकारी गराए ।

यो फेसन शोको ३ ठाउँमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना युवतीको सहभागिता थियो भने जसबाट १८ जना फाइनल चरणको लागि छनोट भएका छन् ।

फोटोसुट थिमको अझै केही चरणहरु बाँकी रहेको आयोजकले जनाएको छ । त्यसपश्चात् यी १८ प्रतिष्पर्धी मोडलहरुबाट अन्तिम कार्य गर्दै फाइनल राउन्ड म्युजिकल फेसन रनवे शोबाट समापन हुनेछ । आयोजकका अनुसार झापामा भदौ दोश्रो हप्ता फाइनल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्