Logo
Logo

नीता ढुंगाना अस्पताल भर्ना



काठमाडौं । अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका हुन् ।

सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेका थिए ।

हालै ज्योतिषी हरिहर अधिकारीसँग विवाह गरेका नीतालाई अझै दुई दिन अस्पतालमै राखिने जनाइएको छ ।

नीताले हालै ज्योतिषी हरिहर अधिकारीसँग विवाह गरेकी हुन् । उनीहरुले निर्माण गर्न लागेको फिल्म ह्रस्वदीर्घ दशैंपछि छायांकनमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्