Logo
Logo

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण


819
Shares

काभ्रेपलाञ्चोक । पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरका विभिन्न स्थान पालिइएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टी भएसगै नगरले ओसारपसारकार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा जारी अपिलमा हाललाई बङ्गुरको ओसारपसार कार्य निषेध गरिएको जनाइएको छ । ओसारपसार गर्नुपरे बङ्गुरको स्वास्थ्य परीक्षण गरेर मात्रै ढुवानी गर्न आग्रह गरिएको हो ।

‘सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी गरिरहेका छौँ’, अधिकारीले भने । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट उक्त रोग देखापरेको नगरले जनाएको छ ।

पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग सुगरबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो ।

गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ ।

विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा भएको पहिलो पटक पुष्टि भएको हो । ललितपुरको गोदावरी, भक्तपुरको चागुनारायण क्षेत्रमा उक्त रोग फेलापरेको थियो । अफ्रिकन स्वाइन फिवर रोगका कारण त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बङ्गुर मरेको थियो ।

प्रतिक्रिया दिनुहोस्