
काठमाडौं । साफ च्याम्पियनसीपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । बंगलादेश प्रतियोगिताको एक मात्र अपराजित टोली हो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई नेपालले ३–० ले हरायो । तेस्रो खेलमा भने भारतसँत ८–० को हार ब्यहोरिसकेको छ ।
नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतसँगको खेलमा पराजयको जिम्मेवारी लिँदै बंगलादेशसँगको खेलमा राम्रो गर्न नसके राजीनामा दिने घोषणा गरिसकेका छन् । यो खेलबाट नेपाल फाइनल पुग्ने झिनो सम्भावना छ ।
फाइनल प्रवेशका लागि भारतले माल्दिभ्ससँग बराबरी खेल्नुपर्नेछ । नेपालले बंगलादेशलाई हराउनु पर्छ । या नेपालले बंगलादेशमाथि फराकिलो अन्तरको जित निकाल्नुपर्छ ।
दुबै अवस्था नेपालको अनुकूलमा देखिँदैन ।











