Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको परीक्षणमा राई र उनी श्रीमती शोभा पाठकमा समेत संक्रमण पुष्टि भएको हो । राई परिवारका सदस्य, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनाको पीसीआर गरिएको थियो ।

मुख्यमन्त्री राईका राजनीतिक सल्लाहकार जीवन राई पनि संक्रमित भएका छन् । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कोभिड संक्रमणका मुख्यमन्त्रीसँगको भेटघाटलगायत सबै कार्यक्रम स्थगित गरिएको प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्