Logo
Logo

किरणले मैदानमै लगाईदिए प्रेमिकालाई औंठी


2.3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई औंठी लगाइदिएका छन् ।

किरणले प्रेमिका कन्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । माल्दिभ्समा व्यावसायीक फुटबल खेलिरहेका किराणले उक्त भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेको थियो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने ।

त्यही खुसीयालीसँगै उनले टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्