Logo
Logo

पैसा दिएर निर्वाचन जित्ने नेताले विकास गर्दैन : मुख्यमन्त्री भट्ट


252
Shares

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले निर्वाचन जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे । उनले भने, ‘जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ ।’

मुख्यमन्त्री भट्टले निर्वाचनमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक साधनमात्रै भएकाले त्यस्तो नेतालाई भोट नदिनसमेत आग्रह गरे । अब हुने सङ्घीय र प्रदेश निर्वाचनमा विकास गर्ने नेतालाई छान्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्