
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन भनिएको छ ।
पानीको बहाव बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा र १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो ।
सुरक्षाकर्मी परिचालन गरी पश्चिमी तटबन्धको निगरानी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।