Logo

नारायणगढ–मुग्लिङ खण्डमा पहिरो, सयौँ सवारी रोकिए



चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो जाँदा सवारी आवगमन ठप्प भएको छ ।

भरतपुर–२९ मौरीखोला पुलमा मंगलबार राति पुनः पहिरो खसेपछि सयौँ सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । यात्रुलाई खानपीन, शौचालय लगायतमा समस्या नहोस् भनेर प्रहरीले चालकसँग अनुरोध गरेको छ ।

मौरी खोला पुलमा गएको पहिरो पन्छाउने कार्य भइरहेको चितवनका प्रवक्ता प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारी बस्ती भएको छेउछाउमा रोक्नका लागि माइकिङ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्