
काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) को १२औं संस्करणको ड्राफ्टमा परेका छन् ।
बीबीएलले सामाजिक संजालमार्फत सन्दीप ड्राफ्टमा रहेको जनाएको हो । सन्दीपले यसअघि ४ संस्करणको बीबीएल खेलिसकेका छन् ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट भदौ १४ गते हुनेछ ।











