Logo
Logo

अन्नु र भुपेनको रुचाइँदै ‘चलते चलते’ (भिडियो)



काठमाडौ । पछिल्लो समय थारु गीतसंगीतको बजार बढ्दै गएको छ । हालै गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको स्वरमा थारु भाषाको गीत ‘चलते चलते’ सार्वजनिक भएको छ, जुन गीत श्रोता दर्शकले रुचाएका छन् ।

भुपेनकै शब्द तथा संगीत रहेको उक्त गीतमा लोकजी मिजारको एरेञ्ज रहेको छ । द कन्टेन्ट नेपालको प्रस्तुतिमा ‘चलते चलते’ गीतको भिडियोलाई भुपेन्द्र चौधरीले नै निर्देशन गरेका हुन् । त्रिकोणत्मक प्रेमकथालाई भिडियोमा उतारिएको छ ।

भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ । यस भिडियोको छायाँकन र सम्पादन पनि भुपेनकै रहेको छ ।

गायक भुपेनका यसअघिको थारु भाषाको गीत ‘सनन सनन’ २५ लाख बढी दर्शकले हेरिसकेका छन् । उनले थारु गीतसँगै नेपालीमा ‘मदानीमा’, ‘हलचल’ जस्ता गीत बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्