Logo
Logo

आईईसी डिजाइनर रनवे-११ : ६१ डिजाइनरका पहिरनमा २४ जना मोडल



काठमाडौं । ‘आईईसी डिजाइनर रनवे–११’ नामक फेसन शो २० अगस्ट (४ भदौ) मा आयोजना हुने भएको छ । भारतबाट ६ अन्तराष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्याम्प नाप्नेछन् । आईईसी कलेजले आयोजनामा हुन लागेको फेसन शोका म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ ।

होटल याक एण्ड यतिमा आयोजना हुने शोमा आईईसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका पहिरनमा मोडलहरु र्याम्पमा प्रस्तुत हुनेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९औं ब्याजका पासआउट बिद्यार्थी रहेका छन् ।

‘आईईसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार प्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु रहेको आयोजक आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । फेसन शोका लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर पनि नेपाल आउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्