Logo
Logo

काठमाडौं-हेटौंडा सडककाे देवीसाँधमा पहिरो



फाइल फाेटाे ।

काठमाडौं । काठमाडौँ-हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत बागमती गाउँपालिका–३ देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पहिरोले सो वडासँगै २ नं वडाको माल्टा, ४ नं वडाको प्यूटार, ५ को इकुडोल, ६ को आस्राङ, ७ को गिम्दी फापरबारी हुँदै मन्थली जाने सडकसमेत अवरुद्ध भएको स्थानीय रमेशकुमार सञ्जेलले बताए ।

त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी पनि रोकिएको छ । गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरिरहेको स्थानीय शिवप्रसाद सञ्जेलले बताए ।

साँझबाट सडक खुलाउने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

प्रतिक्रिया दिनुहोस्