Logo
Logo

महोत्तरीमा सडक दुर्घटना : दुई जनाको मृत्यु



महोत्तरी । महोत्तरीमा छुट्टाछुट्टै सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ । बाबुछोरा सवार उक्त मेटरसाइकल दुर्घटना हुँदा छोरा घाइते भएका छन् ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाइ ठक्कर दिने ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई ठक्कर दिएको थियो ।उनलाई उपचारको लागि अस्पताल पुर्याउनासाथ डाक्टरले मृत्त घोषणा गरेका थियो ।

दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्