Logo
Logo

श्रीलंका टापुमा फसे बराहक्षेत्रका ५ सय परिवार



रासस ।

सुनसरी । बेलका नगरपालिका–८ डुम्रीबोटमा सप्तकोसीको बाँध फुटेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका ५ सय परिवारका मानिस फसेका छन् ।

बराहक्षेत्र–६ र ९ का ५ सय घरका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरूलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि आउन नमानेको प्रजिअ यादवको भनाइ छ ।

केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरण लगायतका विषयमा छलफल गर्ने उनले बताए ।

प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले कटान क्षेत्रको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्