Logo

राजकुमार मृत अवस्थामा फेला



ललितपुर । ललितपुरको पुल्चोकमा एकजना मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुण्डिएको अवस्थामा भेटिएको हो ।

क्षेत्रीले बिहान अबेरसम्म ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पंखाको हुकमा सलमा पासो लागेर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्