
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्यसमेत तोलामा ८ सयले नै बढेर ९५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
तर, चाँदी अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।












