Logo
Logo

डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’ (भिडियो)



काठमाडौं । डिजे सन्तोषको आफ्नो नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीको पनि स्वर रहेको छ ।

यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला)ले गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए ।

नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइयो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।

कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगीतको प्रवद्र्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्